Rule 56
अतिरिक्त सेवा बिदा
(१) स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोष्टमा हप्तामा चालीस घण्टा
भन्दा बढी काम गर्नु पर्ने कर्माचारीहरूले बढी समय काम गरे वापत अतिरिक्त सेवा बिदा
पाउनेछन् र त्यस्तो बिदा अर्को तीन महिनाभित्रमा पालो मिलाई लिन सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम पालो मिलाई अतिरिक्त सेवा बिदा लिन नपाए जति
अवधिको तलब बराबरको भुक्तानी दिइनेछ ।
(३) अतिरिक्त सेवा बिदाको अभिलेख सम्बन्धित कार्यालय प्रमुखले अद्यावधिक
गरी राख्नु पर्नेछ ।